Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

कांग्रेसका तीन प्रभावशाली नेता छलफलमा

कांग्रेसका तीन प्रभावशाली नेता छलफलमा

११ असार, काठमाडौं– नेपाली कांग्रेसका तीन प्रभावशाली नेताबीच महाराजगञ्जमा छलफल सुरु भएको छ ।

महाराजगञ्जस्थित डा. शशांक कोइराला निवासमा डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, र उपसभापति विमलेन्द्र निधिबीच छलफल सुरु भएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिविशेन नजिकिँदै गर्दा महाधिवेशनमा सहकार्य र पार्टी सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ ।

पार्टीका यी तीन नेताबीच गत सोमबार पनि छलफल भएको थियो । उक्त छलफल गत सोमबार विमलेन्द्र निधीको निवासमा भएको थियो ।

कांग्रेको १४ औं महाधिवेशनको मिति भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तय गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE