रानीखेत रोगको प्रकोपले कुखुरा उत्पादक किसान घटे
१० जेठ, काठमाडौँ – रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४/५ महीना यता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन् । रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने एक प्रकारको सरुवा रोग हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका अनुसार यतिबेला रोग केही हदसम्म नियन्त्रणमा आएको भएपनि यसअघि त्यसले कुखुरामा पुर्याएको क्षतिका कारणले किसानहरूले फेरि कुखुरा पाल्ने आँट गर्न सकेका छैनन् । प्रयोगशालाका अधिकृत पशु चिकित्सक डा. नव श्रेष्ठले रानिखेतको क्षतिका कारण मात्रै करीब २० प्रतिशत किसानले कुखुरा पाल्न छाडेको बताए ।
रोगका कारण देशभरमा के कति क्षति भयो त्यसको यकिन तथ्यांक संकलन नभए पनि लाखौं कखुरा मरेको र त्यसबाट करोडौं रुपैयाँ क्षति भएको हुनसक्ने उनले दाबी गरे । ‘किसानलाई आर्थिक क्षति त छँदै छ त्यस सँगसँगै उनीहरू मानसिक रूपमा समेत कमजोर बनेकाले कखुरा पाल्नै डराइरहेका छन,’ उनले भने । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE