Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

नेतृ रामकुमारी झाँक्रीको निवासमा कार्यकर्ताको नाराबाजी

२९ माघ
काठमाडौं –
नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्को विरोधस्वरुप नाराबाजी गरिरहेका छन् ।

पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै क्रममा प्रहरीका एक सुरक्षार्मी घाइते भएको जनाइएको छ ।

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो । बिहीबार महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको शंखमुलस्थित घरमा पुगेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE