Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बौद्ध क्षेत्रमा टिकटक बनाउन नपाइने

१० चैत
काठमाडौँ –
काठमाडौंको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा टिकटक बनाउन निषेध गरिएको छ । शान्त वातावरणमा खलल पुगेको भन्दै सो क्षेत्रमा टिकटक भिडियो बनाउन निषेध गरिएको हो ।

त्यस क्षेत्रको मर्म अनुरुप दैनिकरुपमा टिकटक भिडियो बनाउने संख्या बढ्दा बौद्धनाथ क्षेत्रको धार्मिक एवम् शान्तिपूर्ण वातावरण अनुरुप नभएको, अनावश्यक भिड बढेको धार्मिक आस्थमा खलल पुगेको भन्दै टिकटक बनाउन निषेध गरिएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले स्थानीय बासिन्दा र प्रहरीसँगको सहकार्यमा सोमवारदेखि लागुहुने गरी सो निर्णय लिएको समेत जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE