Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

म्यादी प्रहरीको भर्ना छनौटमा जिन्स पाइन्टमा एक किलोको ढक राख्ने युवक प्रहरी नियन्त्रणमा

११ चैत्र, कपिलवस्तु – कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्‍याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।

उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेको प्रहरी ले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहको छ। कपिलवस्तु मा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएको जनाइएको छ । जसमा १४५४ महिला रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE