Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

शरीरमा पानीको उचित मात्रा कति ?

८ फागुन
काठमाडौँ –
शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ ।

प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०र१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ ।

धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ । ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ ।

कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ ।

फलफूल, सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्छ । शरीर स्वस्थ राख्न रसिलो फलफूल खानुपर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE