Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

संखुवासभा हत्याकाण्डका आरोपीलाई आइतबार सार्वजनिक गर्ने तयारी

यसरी गरिएको थियो पालैपालो हत्या

२६ भदौ,संखुवासभा-संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउपश्चात् आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ।

तयारी गरेसंगै हत्याको  ५ दिनपश्चात् आरोपी २६ वर्षिय लोकबहादुर कार्कीलाई पक्राउ गरिएको छ। उनी नाताले हत्या गरिएका तेजबहादुर कार्कीका भतिज हुन्।

भदौ २१ गते सोमबार बिहान हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की खेताला खोज्न निस्किएका थिए। उनलाई लोकबहादुरले बाटोमा ढुकेर बसेका थिए। त्यसपछि उनले अचानक तेजबहादुरमाथि आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको गएकोछ।

सोमबार तेजबहादुर धान गोड्न खेताला खोज्न निस्किएको अनुसन्धानमा खुलेको छ। अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार टाउको पछाडिबाट हिर्काएर लोकबहादुरले तेजबहादुरको हत्या गरेका थिए।

उक्त दृश्य तेजबहादुरकी पत्नि र बुहारीले देखेपछि दौँडिदै आएका थिए। उनीहरुलाई पनि पालौपालो ह्यामरले हानेर हत्या गरिएको थियो।

आमा र हजुरआमाको हत्या गरेको दृश्य देखेका ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको पनि प्रमाण मेटाउन भनि लोकबहादुरले बारीमा लखेटेर हत्या गरेको अनुसन्धानमा खुलेको छ।

नाती नातिनीको हत्या गरेपछि घरमा पसेर ८४ वर्षीया बिरामी पार्वती कार्कीको हत्या गरेको अनुसन्धानमा खुलेको छ। आरोपीले बयान दिएअनुसार नै मृतक सबैको टाउकोमा चोट लागेको छ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE