Date
बुध, अशोज ६, २०७८
Wed, September 22, 2021

‘अल इन वान’ मोहना

‘सबै इभेन्ट अर्गनाइजरहरुलाई एउटै डोकोमा राखियो भने त त्यो कुरा होला पनि तर सबैमा लागू हुँदैन

इभेन्ट अर्गानाइजिङको क्षेत्रमा पृथक परिचय बनाउन सफल व्यक्ति हुन्– मोहना मोथे खनाल । नेपाली इभेन्टको क्षेत्रमा फरक तरिकाले प्रस्तुत हुने मोहना विगत लामो समयदेखि बालबालिका सम्बन्धी इभेन्टहरु गर्दै आएकी छिन् । लामो समयदेखि लिटिल च्याम्प नामक इभेन्ट अर्गनाइजिङ गरिरहेकी मोहना शिक्षक, समाजसेवी, व्यवसायी पनि हुन्, त्यसो मोहनालाई ‘अल इन वान मोहना’ भन्दा पनि फरक पर्दैन ।

भारतको कालेपोङमा जन्मिएर नेपालको काठमाडौँलाई कर्मथलो बनाएकी मोहनाले नेपाल चिनाउने अभियानमा अन्तर्राष्ट्रिय इभनेन्टहरु गर्दै आएकी छिन् । करिब १ दर्जनभन्दा बढी देशमा पनि इन्टरनेशनल इभेन्टको ‘जज’ बनिसकेकी मोहना नेपालको झण्डा अगाडि बसेर अन्तर्राष्ट्रिय इभेन्टको जज गर्नुमा गर्विलो महसुस हुने बताउँछिन् ।

नेपालमा पनि बालबालिकालाई आफ्नो इभेन्टको ¥याम्पमा हिँडाइसकेकी उनी ‘अल इन वान’ लेडी समेत हुन् । ठूला मानिसको भन्दा पनि बालबालिकाको इभेन्टमा नै रम्ने मोहना बालबालिकाको क्षेत्रबाट नै परिचित हुन् चाहन्छिन् । उनी भन्छिन्, ‘ठूला मानिस वा अन्य व्यक्तिहरु बढी महत्वकांक्षी हुन्छन्, हठी प्रवृत्ति हुने भएकाले पनि उनीहरु अरुले भनेको सुन्दैनन् वा मान्न तयार हुँदैनन् । तर बालबालिकाहरुमा त्यस्ता कुरा हुन्नन्, उनीहरु सकेसम्म आज्ञाकारी बन्छन् । र, डो¥याएको बाटोमा हिँड्ने प्रयास गर्छन् । त्यसैले पनि बालबालिकाको क्षेत्रमा नै काम गर्न मज्जा लाग्छ ।’

पछिल्लो समय नेपालमा पनि विभिन्न किसिमका इभेन्टहरु अर्गनाइज गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसमा पनि बालबालिकाको क्षेत्रमा पनि इभेन्ट गर्ने विभिन्न प्रयासहरु भइरहेका छन् । विशेषगरी युवा हस्तिलाई समेटेर विभिन्न किसिमका इभेन्टहरु भइरहेका छन् । इभेन्टहरुले व्यक्तिमा भएको प्रतिभालाई निखार दिने मान्यता राखिँदै आएको छ । उनी पनि त्यसमा सहमत हुँदै भन्छिन्, ‘बालबालिका वा जोकोही मानिस पनि इभेन्टहरुमा सहभागी हुन आवश्यक छ । जसले पनि मार्ग निर्देशन गर्छ ।’

नेपालको सन्दर्भमा इभेन्ट अगर्नाइजरहरुले टाइटल बिक्री गर्ने गरेको भन्ने हल्ला भए पनि सबैमा त्यो लागू नहुने उनको भनाइ छ । ‘सबै इभेन्ट अर्गनाइजरहरुलाई एउटै डोकोमा राखियो भने त त्यो कुरा होला पनि तर सबैमा लागू हुँदैन । मेरो पक्षमा पनि हेर्नुभयो भने त्यो बालबालिकाको प्रतिभालाई पैसामा तुलना गरेर बिक्री गर्नु त मेरो हिसाबमा पाप नै हो । तर पनि सोही आक्षेप लाग्दा चाहिँ मन दुख्ने रहेछ,’ उनी भन्छिन्, ‘हामी त अन्तर्राष्ट्रिय इभेन्ट गर्छौं, देशको नाम र मान राख्ने काम गर्छौं । र पनि हामीलाई पनि सोही ठग–दृष्टिको आँखाले हेर्दा मन दुख्छ ।’

उनले विदेश जाँदाका रोचक अनुभूति समेत सुनाइन् । ‘विश्वमा कति देशहरु छन्, जहाँ जाँदा नेपाली हो भन्यो भने देशमा पर्छ यो भनेर सोध्छन् । ती देशहरुमा नेपाल भन्ने देश छ, म त्यही बाट यो इभेन्टको जज गर्न आएकी हुँ भन्दा मन प्रफुल्ल हुन्छ,’ उनले भनिन्, ‘तर नेपाल सरकारले समेत हामी इभेन्ट अर्गनाइजरहरुलाई हेयको दृष्टिले हेर्छ, यसले चाहिँ मन पोल्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE