प्रधानमन्त्री ओलीद्वारा चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल
५ पुष
काठमाडौं– प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार ९आज० साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीबारे छलफल गर्नुभएको हो ।
जानकारी अनुसार प्रधानमन्त्री ओलीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनका लागि चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाउनुभएको हो ।
आइतबार बिहान प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्षसंसद विघटनका लागि सिफारिस गर्नुभएको थियो । त्यसको केही समयपछि नै राष्ट्रपति भण्डारीले संसद विघटन गर्नु भएको थियो । जसको परिणाम स्वरुप देशव्यापीरुपमा आक्रोश बढेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE