धनगढी पुगेका रावलले भने : माधव नेपाल पक्ष पदका लागि बाहिर गए
२९ भदौ, काठमाडौँ – एमाले उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताउनुभएकोछ । एमालेकै नेतृत्वको सरकार ढाल्न बनेको गठबन्धनमा सँगै रहेका रावलले नेपालको साथ छोडेर पार्टीमै बसेपछि पहिलो पटक धनगढी पुगेर मंगलबार यस्तो बताउनुभएको हो।
एमालेको जिल्ला कार्यालयमा कार्यकर्तासँगको भेटमा उहाँले १० बुँदे सहमतिले पार्टीलाई एकतावद्ध गर्न मद्दत पुर्याएको बताउनुभयो । ‘जुनबेला स्थायी कमिटी र केन्द्रीय कमिटीले १० बुँदेलाई अनुमोदन गर्यो । जुनबेला हाम्रा कमिटीहरू भंग भएका थिए, कतिपय सदस्यहरूलाई पार्टीबाट निकालिएको थियो, त्यसबेला त पार्टी फुटाएनौं भने प्रतिनिधि सभा पुनर्स्थापना भैसक्यो, १० बुँदे हस्ताक्षर भैसक्यो । ९ औं महाधिवेशनको मिति कार्यक्रम र संगठनात्मक प्रणाली र सिद्धान्त उही छ। अर्को पार्टी नखोलौं भन्यौं,’ उहाँले भन्नुभयो।
पार्टी एकताका लागि प्रस्ताव पारित गरिए पनि नेपालले केही केन्द्रीय कमिटीका सदस्यको हस्ताक्षर गरेर निर्वाचन आयोगमा अर्को पार्टी गठन गर्नु आफ्नो ५० वर्षको पार्टी जीवनमा सबभन्दा दुस्खको दिन भएको उहाँले बताउनुभयो । एमालेले स्वाधिनताको रक्षा गर्छ, जनताका हकहितका लागि यो पार्टी अग्रिम मोर्चामा रहेर काम गर्छ भनेर विश्वास गरेकोमा विभाजनले पीडा दियोु, उहाँले भन्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE