Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

जुनसुकै परिस्थितिमा सीमा सुरक्षाको लागि तयार छौँ : प्रधानसेनापति शर्मा

२४ असार, काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताउनुभएको छ ।

सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने सेमिनारको हिजो समापन गर्दै प्रधानसेनापति शर्माले सीमा क्षेत्रमा चुनौती बढ्दै गएकाले सबैले चनाखो भएर काम गर्नुपर्ने बताउनुभएको हो ।

सम्बोधनकै क्रममा प्रधान सेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भए तापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ बनाउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा नियन्त्रणमा कुनै कमी कमजोरी हुन नदिने बताउनुभयो ।

सीमा क्षेत्रमा सम्बद्ध सबै सरकारी निकायहरुबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको समेत प्रधानसेनापति शर्माको भनाइ छ । कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले आउँदा दिनहरुमा सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीति अन्तर्गत आवश्यक कदमहरु अघि सारेको जानकारी दिनुभयो ।

सेमिनारमा, नेपाली सेनाका रथिहरु, विभिन्न मन्त्रालयका सह-सचिवहरु, सीमाविद् तथा अन्तर्राष्ट्रिय कानुनका अध्ययनकर्ता, नापी विभागका उप=महानिर्देशक, राष्ट्रिय सुरक्षा परिषद्का सहायक संयोजक, नेपाल प्रहरीका नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लगायतको सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE