आज यी नदीहरूमा बहाव बढ्ने
१७ साउन, काठमाडौँ – आइतवार मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।
आइतवार महाकाली, नारायणी, कोशी, कर्णाली नदीहरूमा पानीको बहाव बढ्ने बताइएको हो ।
मुलुकका विभिन्न ठाउँमा जारी अविरल वर्षाका कारण बाढी बढ्ने अनुमान छ ।
विभागले कन्काई र बबईमा बहाव बढ्ने, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाव सामान्य घटबढ हुने जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE