Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

गण्डकी : मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

४ असार, पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्रदान गरेका छन् ।

शुक्रबार प्रदेश सभामा मुख्यमन्त्री पोख्रेलले बहुमतसहित ३१ प्रदेश सांसदको विश्वासको मत पाएका हुन् । ५८ सांसदले मतदान गरेका थिए भने एमाले संसदीय निवर्तमान मुख्यमन्त्री गुरुङले प्राप्त गरेका छन् ।

दलका नेता गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोख्रेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE