Date
आइत, बैशाख २, २०८१
Sun, April 14, 2024

दुर्घटना पछि दर्दनाक अवस्थामा रहेकी अभिनेत्री निशाको नर्भिकले निशुल्क उपचार गर्ने

दुर्घटना पछि दर्दनाक अवस्थामा रहेकी अभिनेत्री निशाको नर्भिकले निशुल्क उपचार गर्ने

२८ जेठ, काठमाडौं– नर्भिक अस्पतालले अभिनेत्री निशा घिमिरेको निशुल्क उपचार गर्ने भएको छ ।

दुर्घटनामा परी ओछ्यान परेकी उनको उपचार निशुल्क गरिदिने घोषणासँगै अस्पतालले बिहिबारदेखि नै उनको उपचारको प्रक्रिया सुरु गरेको छ । अभिनेत्री घिमिरे दुर्घटनामा परेर विगत तीन वर्षदेखि उपचार पाउन सकेकी थिइनन् ।

निशाले उपचार नपाएको जानकारी सञ्चार माध्यममा प्रकाशित भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उपचारमा सहयोग गर्ने जनाएकी हुन् । अभिनेत्री घिमिरेको दर्दनाक अवस्था नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले फेसबुकमा पोष्ट गरेका थिए ।

नर्भिक अस्पतालका अनुसार प्रारम्भिक उपचारको क्रममा उनमा नशाको समस्या देखिएको छ । यद्यपि चिकित्सकहरुले उनको अवस्था सुधार हुने आशा गरेका छन् ।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशाको करिब डेढ महिनापछि नै कार दुर्घटनामा भएको थियो। कार दुर्घटनापछि उनी बोल्न र हिँड्न सक्न छाडेकी थिइन्। पछि उपचारमा ढिलाइ भएपछि अहिले उनको शारीरिक अशक्तताका शरीरमा हाड र छालाबाहेक केही देखिँदैन ।

अभिनेत्री घिमिरेको आर्थिक स्थिति कमजोर रहेको छ । जसकारण उनको उपचारमा ढिलाइ हुन पुगेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE