नेकपाभित्रको विवाद टुंग्याउन दोश्रो तहका नेता सक्रिय
१८ कात्तिक
काठमाडौं – नेकपाभित्र विवाद बढीरहँदा आज अध्यक्षद्वयबीच छलफल हुने सम्भावना बढेको छ । पार्टी फुटको संघारमा रहेको समयमा अध्यक्षद्वयबीच आज छलफल हुने सम्भावना बढेको हो ।
पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्कँदा पार्टी एकता नै गम्भीर संकटमा पर्ने हो कि भन्ने आशंका उब्जिरहेको बेला दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्वादहीनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय हुनुहुन्छ ।
यसअघि दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि दुई अध्यक्षबीच आजै वार्ता हुने संकेत गर्नुभएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको निर्णय नमानेको र एकलौटी गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् ।
तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । तर, ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नभएको भन्दै जबरजस्ती बैठक राखे र आफूविरुद्ध निर्णय गरेर ठूलो कदम चाल्ने दाहाललाई चेतावनी दिएपछि पार्टी फुटको अवस्थामा पुगेको विश्लेषण भइरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE