बारामा प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना हुदा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु
सवाल सम्वाददाता
काठमाडौँ-शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गनेश प्रसाद भट्टराई गम्भीर घाइते भएका छन् भने चालक सहीत तीन प्रहरी गम्भीर घाइते भएका छन् । सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो । गाडी रोकिराखेको ट्याक्टरको ट्रेलीमा ठोक्किएर दुर्घटना भएको हो ।
गाडी सडकबाट १० मिटर तल खसेको छ प्रहरीले जनाएको छ । गाडीमा सवार एसपी पोखरेललाई दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन । गम्भीर घाइते भएका सिडिओ भट्टराईलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE