Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुग्यो

२२ असोज 

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जनाको मृत्यु भएसँगै संख्या ५ सय ९० पुगेको हो । मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा ७० वर्षीय पुरुषले ज्यान गुमाएका छन् । कोरोनाबाट वागमती प्रदेशको काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, ललितपुरको ७३ वर्षीय महिला, भक्तपुरमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ । उता, चितवनका ८१, ८१ र ९२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ८३ वर्षीय पुरुष र कर्णाली प्रदेशको सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE