Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

काठमाडौं उपत्यकामा आइतबार ५९७ संक्रमित थपिए

२८ भदौ 

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ९७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ४ सय ८३ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८१ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ११ हजार ७ सय ३८ पुगेको छ । यसमध्ये काठमाडौमा ९ हजार ५ सय ८८ , ललितपुरमा १ हजार १ सय ६१ जना र भक्तपुरमा ९ सय ८९ जना संक्रमित छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE