Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

जोन्सन एण्ड जोन्सनको खोप अभियान शुभारम्भ, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

जोन्सन एण्ड जोन्सनको खोप अभियान शुभारम्भ, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

४ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज जोरपाटीस्थित अर्थोपेडिक अस्पताल पुगेर अमेरिकाबाट अुदानमा ल्याइएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उहाँले उक्त खोप केन्द्रको निरीक्षण समेत गर्नुभएको थियो । निरिक्षणका क्रममा उहाँले भीडभाड नगरी खोप लगाउन निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री देउवा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रालयका अन्य पदाधिकारीहरु सहित खोप केन्दको निरिक्षणमा पुग्नुभएको थियो ।

उक्त उक्त खोप केन्द्रमा तिब्बती शरणार्थीले पनि खोप लगाउने जनाइएको छ ।

देउवाले आज नै वीर, पाटन, शिक्षण अस्पताल लगायतका अन्य खोप केन्द्रको समेत निरिक्षण गर्ने बताइएको छ ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय पनि आफैं सम्हाल्दै आउनुभएको छ ।

मुलुकका ७७ वटै जिल्लामा आजदेखि जोन्सन खोप अभियान सुरु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE