Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

२४ हजार घुससहित मालपोतका कर्मचारी पक्राउ

५ चैत
महेन्द्रनगर
– मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो ।

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले सेवाग्राहीबाट कित्ताकाट गरेवापत २४ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE