Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

४,भदाै

काठमाडौं –  काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ।  उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले  विज्ञप्ती जारी गर्दै विभिन्न सेवाहरुलाई भने सहज तरिकाबाट सञ्चालन गर्न दिने भएको छ।  यस्ता सेवा खुल्नेछन्   अति आवश्यक सेवाहरु दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, कृषि तथा पशुपन्छी सम्बन्धी कार्य,कृषिजन्य बिउ बिजन, माछा–मासु र मासुजन्य पदार्थ, दाना र भेटनरी सम्बन्धी सञ्चालन गर्न पाउने।

बैंक तथा वित्तीय कारोबार, विमा सम्बन्धी कार्य, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु खुल्ने छन्। यसै गरी  खानेपानी, ग्याँस, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स–शव वाहन–दमकल, कुटनैतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट, वा सरकारी छापाखाना सम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति, विवाह प्रयोजन ९७ जनामात्र० सामेल हुन पाइने छ।

त्यस्तै साथै कोभिड १९ को रोकथामका लागि आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन सम्बन्धी कार्यहरु सञ्चालनको लागि सम्बन्धित निकायबाट जारी फोटोसहितको परिचयपत्र भएका साथै कार्य प्रयोजन खुल्ने सामग्रीहरु लिई हिँडेका सवारी साधनहरुलाई आवश्यक सहजीकरण हुने ।

WRITE COMMENTS FOR THIS ARTICLE