Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

साउदी, युएईलगायतका मुलुकमा हवाई उडान संचालन गर्ने निर्णय

३ असार, काठमाडौं – सरकारले साउदी अरेबिया, युएई, टर्की, जापान तथा मलेसयालगायतका मुलुकहरुमा हडाई उडान सुचारु गर्ने निर्णय गरेको छ।

बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले ती मुलुकहरुमा नेपाली कामदारको सख्या उल्लेख्य रहेका भन्दै हडाइ उडान संचालन गर्ने निर्णय गरेको हो।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै अन्तर्राष्ट्रिय हडाइ उडान बन्द गरिएको थियो। तर कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकले ती मुलुकहरुबाट हप्तामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी हडाइ उडान संचालन गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।

यसैगरी बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने विषयमा छलफल गरेको बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE