Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

काहिलद्वारा खेल जीवनबाट सन्यास

काठमाडौं – इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी काहिलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

डिफेन्डर काहिलले बुधबार ३६ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

ुमैले सपना देखेको चीजहरू हासिल गरे, केहि अविश्वसनीय सम्झनाहरू सिर्जना गरे,ु सन्यास घोषणा गर्दै काहिलले लेखेका छन्, ुफुटबल एउटा खेल हो जसले मलाई धेरै आनन्द र सफलता दिएको छ र मैले मेरो जुत्ता झुण्ड्याउने निर्णय गर्दा म इमानदारीपूर्वक भन्न सक्छु कि मैले सबै कुरा दिए ।ु

काहिलले पछिल्लो पटक बर्नेमाउथबाट गत सिजन खेलेका थिए । काहिल प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा दुई वर्ष बिताएर बर्नेमाउथ आएका थिए ।

क्रिस्टलअघि काहिलले चेल्सीमा लामो समय बिताएका थिए ।

चेल्सीमा ७ वर्ष बिताउदा काहिलले दुई प्रिमियर लिगको उपाधि र एक च्याम्पियन्स लिग जितेका थिए ।

काहिलले इंग्ल्यान्डका लगे ६१ खेल खेलेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE