प्रेमिकाकै मोबाइल खोसेर अश्लिल फोटो-भिडियो अपलोड गर्ने पक्राउ
२९ भदौ, काठमाडौँ – प्रेम सम्बन्धमा रहेको बखत खिचिएको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना प्रक्राउ परेका छन् । दोलखा बैतेश्वर ८ स्थायी घर भएका हाल, टोखा धनेश्वर बस्ने २३ वर्षीया सुजन जिरेललाई पाँचखालबाट पक्राउ गरिएको हो।
महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार जिरेलले प्रेमीकासँग विवाद गरेर उनको मोबाइल खोसेर मोबाइलमा रहेको फोटो र भिडियो फेसबुक, इन्ट्राग्राम जस्ता सोसल साइटमा अपलोड गरेको थिए ।
महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार काठमाडौंमा बस्ने जिरेलकी प्रेमीकाले आइतबार महाशाखामा उजुरी दिएकी थिइन्। सम्बन्धमा हुँदा उनीहरुले एक अर्काको आइडी पासवर्ड पनि शेयर गर्ने गरेका थिए। यसको फाइदा उठाउँदै जिरेलले प्रेमीकाकै आइडीबाट अश्लिल भिडियो र फोटो अपलोड गरेका थिए।
काभ्रेको पाँचखालमा लुकी बसेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले जिरेललाई प्रक्राउ गरेको हो। उनलाई विद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE