विद्यालयकै सिफारिसमा गैरशिक्षकलाई खोप
१३ साउन, काठमाडौँ – इलाम सदरमुकामस्थित आर्दश माविका प्रधानध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठ मंगलबार इलाम नगरपालिका ७ को सिटी हल खोपकेन्द्रमा खोप लगाए ।
प्रध्यानध्यापक पौडेलकै हस्ताक्षर, छापा र विद्यालयको छापसमेत रहेको दुवैजनाको फरकफरक सिफारिसपत्रमा निजी स्रोत शिक्षक उल्लेख छ । तर उनीहरु दुवै विद्यालयका शिक्षिका होइनन् । विद्यालयले यसअघि स्वास्थ्य कार्यालयलाई पठाएको खोप लगाउने ५२ शिक्षक र कर्मचारीको सूचीमा पनि उनिहरुको नाम छैन ।
स्वास्थ्य कार्यालयको तालिकाअनुसार मंगबार ५५ वर्षभन्दा माथिका नागरिकले मात्र खोप लगाउनुपर्ने हो । दिउँसो ३ बजेसम्ममात्र खोप लगाउने गरिएकामा आर्दश माविका केही शिक्षक समय बितेपछि खोप केन्द्र प्रवेश गरेका थिए । ‘स्कुलको सिफारिस पत्र देखाएपछि हामीले खोप लगाइदियौं,’ एक स्वास्थ्य कार्यकर्ताले भने, ‘यहाँका एक जनप्रतिनिधिसमेतले उनीहरुलाई खोप लगाउन भनेपछि नलगाउने पनि कुरा भएन।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE