माओवादी समर्थित प्रदेश प्रमुख हटाइए
२० वैशाख, काठमाडौँ – सरकारले माओवादी केन्द्र समर्थित प्रदेश प्रमुखहरुलाई हटाएको छ ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेशका सर्मीला कुमारी पन्त पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
सरकारले गण्डकीमा नयाँ प्रदेश प्रमुखको जिम्मेवारी सीता पौडेल र सुदुरपश्चिममा गंगा यादवलाई दिएको छ।
सरकारको सिफारिसअनुसार उनीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले नियुक्त गरेकी छिन्। उनीहरुको अहिले केहीबेरमा शितल निवसामा शपथ ग्रहण हुँदैछ।
प्रदेश प्रमुख नेपाल सरकारको प्रतिनिधिका रुपमा रहने संवैधानिक व्यवस्था छ। शेरचन र पन्त माओवादी समर्थित भएकाले प्रदेशको आन्तरिक राजनीतिमा एमालेलाई असहयोग हुने आँकलनसहित पदमुक्त गरिएको हो।
आइतबार लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले शंकर पोखरेललाई परम्पार विपरीत उनकै निवास पुगेर शपथ गराएका थिए। त्यस्तै केही समयअघि प्रदेश २ मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई हटाएर आफू निकट राजेश अहिराजलाई प्रमुख बनाएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE