प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा भोलि बहस नहुने
२६ माघ
काठमाडौं – प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा मंगलबार इजलास नबस्ने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा इजलास स्थगित गरिएको हो । यो मुद्दामा माघ २८ गते बहस हुनेछ । गत सोमबारदेखि रिटको विरुद्ध सरकारी अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्दै आएका छन् । सोमबारको इजलासमा समयलाई लिएर प्रधानन्यायाधीश र अधिवक्ताहरुको केहीबेर भनाभन भएको थियो । सोमबारको बहसमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गर्नुभयो ।
सरकारी निर्णयको प्रतिरक्षा गर्न आउनुभएका अधिवक्ता भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस टुंग्याउन आग्रह गर्नुभयो । तर अधिवक्ता भट्टराईले अझै बहस जारी राख्नुभयो । त्यसपछि जबरा अझै रिसाएर आफ्नो बाध्यता बुझिदिन भन्नुभएको थियो । त्यस्तै सोमबारको बहसमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले सार्वभौम अधिकार जनातामा नरहेको दावीसहितको दलिल पेश गर्नुभएको थियो । प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उहाँले जनताबाट निर्वाचित प्रधानमन्त्री भएकाले सार्वभौम अधिकार स्वतः प्रधानमन्त्रीमा रहने दावी गर्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE