Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गररे विद्यालय सञ्चालन गर्नुपर्ने

८ आश्विन काठमाडौं – काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् ।

महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो । यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ ।’ बैठकका अध्यक्ष शाक्यले भन्नुभयो– ‘सरकारले गरेका निर्णय विद्यालयहरूले पूर्ण पालना गर्नुपर्छ ।’

उहाँले महानगरले तयार गरेको मापदण्ड सबै विद्यालयले पालना गर्नुपर्ने बताउनुभएको छ । महानगर क्षेत्रका अधिकांंश विद्यालय खुला भइसकेपछि महानगरको बैठकले मापदण्ड पालना गरी विद्यालय खुला गर्ने निर्णय गर्नु अमिल्दो भएको विद्यालय सञ्चालकहरुको भनाइ छ ।

कामपाले विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सह चालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने उल्लेख गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

 

 

WRITE COMMENTS FOR THIS ARTICLE