Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

राष्ट्रपति विद्या भण्डारी कतार प्रस्थान

काठमाडौँ राष्ट्रपति विद्या भण्डारी  कतार प्रस्थान गरेकी छिन्। सोमबार राष्ट्रपति कतार प्रस्थान गरेकी हुन् ।  भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गरे।

अस्वस्थ भई अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको बिदाइ समारोहमा सहभागी हुन सकेनन्। राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गरेको थियो। कतारमा नेपालको राष्ट्रपतिले राजकीय भ्रमण गर्न लागेको यो दोस्रो पटक हो ।

WRITE COMMENTS FOR THIS ARTICLE