Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

जानकीको जन्मोत्सव आज, के के गरिदै छ जनकपुरमा ? राष्ट्रपति पनि जनकपुरमा नै ।

सवाल सम्वाददाता
जनकपुर- यस वर्षको जानकी नवमी जनकपुर सहित मिथिला क्षेत्रमा धुमधामका साथ मनाइँदैछ  । जानकीको जन्मोत्सवका रुपमा जानकी नवमी हरेक वर्ष झै यस वर्ष पनि मनाइएको हो ।  जनकपुरलाई विकासको दिशामा अघि बढाउन एवम् मिथिलाको धार्मिक सम्पदा, कला, संस्कृति र भेषभूषालाई उजागर गर्न जानकी जन्मोत्सवको आयोजना गरिएको छ ।

परापूर्वकालदेखि नै सीताको जन्मदेखि न्वारनसम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउन थालिएको जानकी महोत्सव पहिले औपचारिकतामा समिति भए पनि विगत दुई वर्षदेखि भव्यता दिन थालिएको सहमहन्त रामरोशन दास वैष्णवको भनाइ छ ।

बैशाख २२ बाट सुरु भएको जन्मोत्सव जेठ ४ मा समापन्न हुनेछ । जन्मोत्सवमा धार्मिक प्रवचन, सांस्कृतिक प्रदर्शनी, रामायण मेला, मंगलधुन, रामायणमा आधारित हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिने छ । किंबदन्तीमा त्रेतायुगमा जानकीले दूधमती नदीमा स्नान गरेको भन्ने पाइन्छ । जानकी नवमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत जनकपुर पुग्नुभएको थियो ।

जानकीको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमीको महिमा बढाउन मन्दिरमा पूजा अर्चना गरी कार्यक्रममा सहभागी हुनुभएको थियो ।  मैथिली भाषा अनुयायीहरु यस दिनलाई मैथिली दिवसको रुपमा समेत मनाउने गर्दछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE