Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

चौबीस घन्टामा ३,१२५ सङ्क्रमित, १,९२५ सङ्क्रमणमुक्त

चौबीस घन्टामा ३,१२५ सङ्क्रमित, १,९२५ सङ्क्रमणमुक्त

१८ साउन, काठमाडौं– नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गत २४ घण्टामा एक हजार ९२५ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ५८ हजार १२२ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २३ जनाको निधन भएको छ ।

आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ८९८ जनाको ज्यान गएको छ । हाल सघन उपचार कक्ष (आइसियु) मा ६९० जना र भेन्टिलेटरमा १७५ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE