चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागी, क्षतिको विवरण आउन बाँकी
चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागी, क्षतिको विवरण आउन बाँकी
१९ जेठ, काठमाडौं– चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । देवचुली नगरपालिका २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान आगलागी भएको हो ।
प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिनुभयो ।
आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE