Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

सुनको भाउ हाल सम्मकै उच्च, प्रतितोला ६५ हजार पुग्यो

काठमाडौं –  सुनको भाउ बढेको छ ।  बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय पुगेको छ।

बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार एक हजारले बढेर ६४ हजारमा कारोबार भएको थियो।  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा परेको हो। हिजो ६४ हजारमा कारोबार  भएको  छापावाल सुन १ हजार बढेर ६५ हजार निर्धारण भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। यो हाल सम्मै उच्च मूल्य हो।

WRITE COMMENTS FOR THIS ARTICLE