Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

जाजरकोटमा पनि बर्ड फ्लु भेटियो

२६ फागुन
काठमाडौँ – कर्णाली प्रदेशको जाजरकोटमा पनि बर्ड फ्ल्रु भेटिएको छ । भेरी नगरपालिका ३ सियाँलाका किसानले पालेका कुखुरामा बर्ड फ्लु पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गतको पशु सेवा विभागले जानकाी दिएको छ ।

यसअघि काठमाडौँको तारकेश्वर नगरपालिका, सुर्खेत र वीरेन्द्रनगरपालिकामा रहेका पन्छिमा बर्डफ्लु देखिएको थियो ।  केन्द्रीय  पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा पनि बर्डफ्लु भेटिएको हो ।

रोग देखिएका क्षेत्रमा रहेका ३ सय ब्रोइलर कुखुरा, ३ सय ३१ लेयर्स कुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा र २ सय ५१ किलो दाना र २ सय वटा अण्डाको क्रेट नष्ट गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE