Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

यस वर्षको मदन पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिने

काठमाडौँ – यस वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लेखक डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले गुठीको साधारण सभाबाट लम्सालद्वारा लिखित ‘अग्नि’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो।

यसैगरी, यस वर्षको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको दीक्षितले बताउनुभयो ।

समान चार लाख रुपियाँ राशिका पुरस्कारहरू घटस्थापनाको दिन प्रदान गरिनेछ।

डा। लम्साल वरिष्ठ साहित्यकार एवम् रेडियो नेपालका निर्देशक तथा कार्यक्रम महाशाखा प्रमुख हुनुहुन्छ । लम्सालका कर्ण, धरा र अग्नि ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन् ।

सुदूर पश्चिम साहित्य समाजले ‘अग्नि’लाई १,११,१११ सहित २०७८ को पुरस्कार यसअघि नै घोषणा गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE