Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सरकारका ऐतिहासिक कामले एमाले जनतामाझ झन लोकप्रिय : प्रधानमन्त्री ओली

१६ असार, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुँदै गएको बताउनुभएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताउनुभएको हो ।

‘योजनावद्ध दृष्टिकोणसहितको विकासको तीब्र आकांक्षा र त्यस आकाक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छु उहाँले भन्नुभयो ।’

“बिमिस्टेक, लगानी सम्मेलनलगायत अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उहाँले गर्नुभयो,” उहाँले भन्नुभयो, “राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्‍बर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्टहरूको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौँ । विकास गर्दै लगेका थियौँ। इतिहासमा पहिले कहिलेही नभएका ठूला ठूला सकारात्मक लक्ष्यहरु प्रकट भएका थिए ।”

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE