Date
बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

विद्यालय तहका किताब छपाइको काम तीव्र, विद्यार्थीले समयमै किताब पाउलान ?

माघ १२, काठमाडौँ – सरकारले वैशाखदेखि शुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने तयारी गरेको छ । किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ ।

लिमिटेडका  अनुसार किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि शुरु भइसकेको छ ।

नियमित रुपमा छाप्ने र छापेर पठाउने काम भइरहेकाले देशका सबैतिर समयमै किताब पुुग्ने लिमिटेडको दाबी छ ।  लिमिटेडका अनुसार पाँच दिन अघिदेखि केन्द्रले चौबिसै घण्टा किताब छपाइको काम गरिरहेको छ । अहिले दैनिक एक लाख थान किताब छपाइ भइरहेको छ ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब एक करोड ७० लाख किताब आवश्यक पर्नेमा अब करिब ६५ लाख थान किताब मात्र छाप्न बाँकी छन् । वैशाखदेखि शैक्षिक सत्र शुरु हुने भएकाले त्यतिबेलासम्म किताब छापेर पठाइ सकिने जनक शिक्षाले जनाएको छ ।

शिक्षा मन्त्रालयले यस वर्षको किताब छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेको थियो । निजी क्षेत्रका छापाखानालाई समेत छनोट गर्न पाठ्यक्रम विकास केन्द्रले बोलपत्र आह्वान गरिसकेको छ ।

विद्यालयमा पढाइ शुरु भएको महिनौँ दिनसम्म पनि किताब नपुुग्ने समस्या चालु शैक्षिक सत्रदेखि अन्त्य भएको हो । गएको वैशाखमा भर्ना हुने बेलामै देशभरका धेरै विद्यार्थीले किताब पाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE