Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

भेरी अस्पतालका स्वाथ्यकर्मीलाई कुटपिट गरेको आरोपमा तीनजना पक्राउ

भेरी अस्पतालका स्वाथ्यकर्मीलाई कुटपिट गरेको आरोपमा तीनजना पक्राउ

१४ जेठ, काठमाडौं– भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्। पक्राउ परेका मध्ये एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन्।

गएराति अस्पतालमा उपचारका क्रममा दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि कुटपिट भएको थियो। मृतकको कोरोना संक्रमितहरुको उपचार हुने आईसीयूमा उपचार भइरहेको थियो । उनका आफन्तले आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए। त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए।

ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मीहरुको भागाभाग भएको थियो । कतिपय स्वास्थ्यकर्मीले ज्यान जोगाउन अस्पतालको एक तला माथिबाट हाम फालेका थिए ।

घटनाबारे थप बुझ्नका लागि लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुक नेपालगञ्ज जाँदै हुनुहुनुहुन्छ । घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ

WRITE COMMENTS FOR THIS ARTICLE