Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको होइन : स्वास्थ्य मन्त्रालय

३ कात्तिक
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको उपचारमा सरकार पछि हटेको नभइ नीतिमा परिवर्तन गरेको प्रष्ट पारेको छ ।

आज मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सरकारले आर्थिक अवस्था राम्रो भएकाले कोरोना संक्रमण भएमा आफैं उपचार गर्ने नीति लिएको बताउनुभएको हो ।

नीतिमा थोरै फेरबदल गरेर सामान्य खर्च गर्नेले आफै उपचार गरेर सरकारलाई सघाउने गरि नीति लिएको बताउनुभयो । यद्यपी, आर्थिक विपन्न, अशक्त, एकल महिला, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीसहित जोखिम क्षेत्रमा खटिनेलाई उपचार भने सरकारले नै गर्ने दोहो¥याउनुभयो ।

यस्तै, संक्रमणबाट मृत्यु भएमा सरकारले नै व्यस्थापन गर्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले दाहसंस्कार गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गर्दै होम आइशोलेशनमा बसेका व्यक्तिको मृत्यु भएमा परिवारले आफ्नो परम्परा र संस्कृति अनुसार सुरक्षित तरिकाले दाहसंस्कार गर्न चाहेमा गर्न पाउने व्यवस्था मात्र गर्न खोजेको प्रवक्ता गौतमको प्रष्टिकरण छ ।

यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका शव परिवार आफैले गर्नुपर्ने भनी सरकारले जनाएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE