Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

थप खोप ल्याउन पहल जारी छ : अर्थमन्त्री पौडेल

१९ वैशाख, काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्नुभएको छ । कोभिडको दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गर्नु भएको हो ।

कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् । विषम परिस्थितिमा अघिल्लो पटक कोभिड–१९ का बेलाका सिकाइहरुलाई समेत आधार मान्दै अघि बढेका छौँ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/७९ बजेट सम्बन्धी दिएको सुझावपछि अर्थमन्त्री पौडेलले भन्नु भयो , ‘सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाईं जित्नुको विकल्प हामीसँग छैन ।

जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यस अघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड -१९ विरुद्धको खोप ल्याइ नागरिकहरुलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिनुभयो ।

सेजनका अध्यक्ष भीम गौतमले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न, खोजमुलक समाचारका लागि प्रोत्साहन स्वरुप फेलोसीपको व्यवस्था गर्न, पत्रकारको पेशागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन, अर्थतन्त्रसँग सम्बन्धित बीटको विकासका लागि प्रोत्साहन गर्ने लागयतका  कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE