त्रिविका परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप दिइने
२७ साउन, काठमाडौँ – सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा केन्द्र तोकेर परीक्षार्थीलाई खोप दिने भएको हो । राधास्वामी केन्द्र वसुन्धारा, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।
त्रिविअन्तर्गत हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयको परीक्षा चलिरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE