Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

पछिल्लो २४ घण्टामा एक हजार १ सय १४ जना निको भए

१९ आश्विन,काठमाडौं – एक हजार ११४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ। नेपालमा थप नौ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नौ सय ६८ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ११ हजार पाँच सय ८२ जनाको पिसिआर परीक्षण र ४ हजार ४ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १६ हजार २४८  जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ। त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय २ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ संक्रमित थपिएका हुन्।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE