Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

ओखलढुंगा अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा डाक्टर केसीको समर्थनमा प्रदर्शन

६ असोज
काठमाडौं –  जिल्ला अस्पताल ओखलढुंगाका स्वास्थ्यकर्मीहरुले डाक्टर गोविन्द केसीको १९ औं अनशनलाई समर्थन गरेका छन् । केसीको जीवनरक्षा गर्दै राजनीतिक हस्तक्षेप बन्द गर्न र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् । डाक्टर केसीले माग पूरा नभएसम्म अनशन नटुंगिने अडान कायम राख्नुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने डाक्टर केसीका माग छन् ।

मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीलाई समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने लगायत ६ बुँदे माग राखी प्राध्यापक डाक्टर गोविन्द केसी गत भाद्र २९ गतेदेखी अनशनमा हुनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE