Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कटारीमा तीन घरमा आगलागी

उदयपुर   – कटारी नगरपालिका–१० बेंसीमा रहेको शेरबहादुर सुनुवार र विचारी सुनुवारको घरमा आगलागी भएको छ । शुक्रबार साँझ एको आगलागीमा १८ लाख रुपैयाँ बराबरको क्षति प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रवेद राईका अनुसार आगलागीबाट शेरबहादुरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले दुई वटा घर, घरमा रहेको नगद, अन्नपात, लत्ता कपडाका साथै बाख्राका ४० वटा पाठापाठी जलेका छन् ।

उको करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै, विचारीको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले घर, घरमा रहेको नगद, अन्नपात जलेको छ । उनको करिब आठ लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE