Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

देउवाले पाए विश्वासको मत

३ साउन, काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको हो । कूल २ सय ७१ सांसद रहेको प्रतिनिधिसभाबाट प्रधानमन्त्रीका लागि बहुमतका लागि १ सय ३६ मत आवश्यक पथ्र्यो । उपस्थित संख्या २ सय ४९ रहेको थियो । देउवाले १ सय ६५ मत प्राप्त गर्नुभयो ।

नेपाली कांग्रेसको ६३ मध्ये दुई सांसद निलम्बित हुँदा ६१ मत रहेको छ । कांग्रेसलाई समर्थन गरेको माओवादी केन्द्रसँग स्वतन्त्र सांसद छक्कबहादुर लामा सहित ४९ मत रहेको छ । त्यस्तै जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहको १९ र महन्थ ठाकुर समूहका १५ सांसदले समेत प्रधानमन्त्री देउवाको पक्षमा मतदान गरेका छन् । त्यस्तै एमाले नेतृत्वसँग असन्तुष्ट रहेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहका अधिकांश सांसदले पनि देउवालाई मत दिएका छन् ।

राष्ट्रिय जनमोर्चाले पनि देउवालाई आफ्नो मत दिएको छ । प्रधानमन्त्री देउवाको विपक्षमा ८३ मत परेको छ । तटस्थ १ मत रहेको छ । यस्तै केपी शर्मा ओलीका चार सांसदले पनि प्रधानमन्त्री देउवालाई मत दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE