Date
सोम, अशोज ८, २०८०
Mon, September 25, 2023

जीत र हार, निर्बाचन परिणाम !

जनताले आफ्नो असल प्रतिनिधि चुन्ने माध्यमलाई निर्वाचन भनिन्छ । निर्वाचन जनताले आफ्नो रोजाईको प्रतिनिधि चुन्ने एक उत्कृष्ठ माध्यम हो । मेरो विचारमा निर्वाचनमा हार र जित भन्ने कुरा नै हुदैन । हार र जित भन्ने शब्द त केवल खेल अथवा लडाईमा हुन्छ जस्तो मलाई  लाग्छ । हुन त मेरो सोच गलत पनि हुन सक्छ । यदि गलत नै हो भने पनि जनताले कुनै नतालाई मन पराएनन् र चुनेनन् भने त्यसलाई कसरी हार भन्ने । निर्वाचनमा त जनताले असल दक्ष र कार्य क्षमता भएको व्यक्ति हेर्ने हो र चुनने हो । यदि चुनेन् भने पनि त्यसलाई हार भन्न त नमिल्ला नि होईन ।

जीत र हार भन्ने शब्द नै आफैमा परिपुर्ण छ कुनै कुरामा सफलता हासिल गर्नु भनेको नै जित हो त असफल हुनु हार हो । खेल हुन्थ्यो  भने आफैले खेलेर जित्ने र हार्ने कुरा हुन्थ्यो यो न त कुनै खेल पर्यो यो त केवल जनताले आफ्नो अधिकार प्रयोग गरेका हुन् ।

जित्न र हार्नलाई त मैदानमा गएर खेल खेल्नु  पर्यो नि  यो त जनताको हातको कुरा हो उनिहरु ले चाहेका कुराहरु पुरा हुन् । आफ्ना भलाइ चाहाने प्रतिनिधि छान्ने आधिकार त केवल जनता लार्इ नै छ । अधिकांश सञ्चार माध्यमहरुले समाचारको शिर्षक नै बनाएका थिए यो पार्टीले जित्यो र त्यो पार्टीले जित्यो । मैले सञ्चार माध्यमलाई दोष लगान खोजेको होईन तर शब्द प्रयोग पनि त नेपाली व्याकरण अनुशार त हुनु पर्यो नि ।

बिहान उठ्ने बित्तिकै सुनिन्छ यो पार्टीले जित्यो त्यो पार्टी ले हार्यो सायद यो शब्द नै गलत छ यो त एउटा परिणाम हो । कस्लाई कसले विश्वास गर्ने कसको पक्षमा जादा आफ्नो समुदाय र देश को भलाइ हुन्छ त्यो त सब जनता कै हातको कुरा हो र यो सब सोच्ने त उनीहरुलाई नै अधिकार छ नी ।

देश भरबाट निर्वाचन परिणाम आइरहँदा हार र जीत को कुरा धेरै सुनियो र सुनाइयो पनि ।  खासमा भन्नु पर्दा यो निर्वाचनलाई खेलको रुपमा खेलको रुपमा हेरेको आभाष गराइयो र गरियो पनि । यदि यस्लाई खेलको रुपमा हेर्ने हो भने यो निर्वाचन जित वा हार हो । नत्र यो सब जनताले आफ्नो मत अधिकार प्रयोग गरेर आफ्नो  हित र भलार्इको लागि दिएका प्रतिनिधि हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE