कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन
१८ कात्तिक
कास्की – नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी हुनुहुन्थ्यो ।
उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।
उनी नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गर्नुभएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE