त्रिभुवन विमानस्थल उत्रिए परराष्ट्रमन्त्री खड्का
१४ आश्विन, काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले कोभिड(१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताउनुभयो ।

महासभाको साइडलाइनमा भारत, बंगलादेश, कुवेत लगायत मुलुकका विदेशमन्त्रीसँग पनि छलफल भएको उहाँले जनाउनुभयो । न्यूयोर्कमा गैरआवासीय नेपाली संघद्वारा आयोजित कार्यक्रममा उहाँले अमेरिकी अनुदान सम्झौता एमसीसी संसोधन नहुने समेत बताउनुभएका. थियो । परराष्ट्रमन्त्रीको सपथ लिएकै दिनमा असोज ६ गते उहाँन्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको थियो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE