श्रीमानको वार्षिक पुण्यतिथिकै दिन एक महिला झुन्डिएको अवस्थामा फेला

१९ आश्विन,सप्तरी – राजविराज नगरपालिका–२ की २५ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी छन्। उनी गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन्।
एक वर्षअघि रुवीका श्रीमान् राजन साफीको मृत्यु भएको थियो । उनी अस्पतालको फार्मेसीमा कार्यरत थिए । श्रीमान्को मृत्यु भएपछि रुवी घरेलु हिंसाको सिकार बनेको अस्पतालमा कार्यरत कर्मचारी बताउँछन् ।
रूवी र राजन दुई छोराछोरीसहित डेरा गरी बस्दै आएका थिए। राजनको मृत्यु भएलगत्तै रुवी र नातिनातिनालाई सासूससुराले घर ल्याएका थिए। त्यसपछि उनी घरेलु हिंसामा परेकी थिइन् । फार्मेसीमा कार्यरत राजन कोरोनाबाट मृत्यु भएपछि नेपाल सरकारले क्षतिपूर्तिबापत दिएको २५ लाख रुपैयाँ रुवीका सासू र देवरले हात पार्न निकै प्रयास गरेका थिए । त्यही विषयमा घरमा विवाद सुरु भएको थियो । श्रीमानको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियोे ।
घरझगडा सहन नसकेपछि रुवी केही दिनअघि मामाघर गएकी थिइन् । मामाघर जाँदासमेत उनीसँगै छोराछोरी लैजान दिइएन । रुवी आइतबार पनि अस्पतालमा आएर काम गरेको उनका सहकर्मीहरू बताउँछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE