नख्खुमा बम विस्फोट, ३ जना घाइते, १ जनाको अवस्था गम्भिर
काठमाडौं – ललितपुरमा बम विस्फोट भएको छ । विस्फोटमा परी तीन जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्पथा गम्भिर रहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ । घाइइते हुनेमा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नख्खुमा रहेको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको टावरअगाडि विस्फोट भएको थियो । शुक्रबार साँझ ८ बजेतिर विस्फोट भएको थियो। विस्फोट कसले गराएको भन्ने पनि नखुलेको प्रहरीले बताएको छ। विस्फोट गराउने व्यक्ति वा समूह के हो भन्ने एकिन भईसकेको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE